Kathmandu Press

तीन दिनभित्र बजेटको विवरण पठाउन स्थानीय तहलाई निर्देशन

काठमाडाैं, असार ११ :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ। 
 ....

तीन दिनभित्र बजेटको विवरण पठाउन स्थानीय तहलाई निर्देशन

काठमाडाैं, असार ११ :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ। 
    
मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा/नगरसभामा पेश गरेको बजेट तीन दिनभित्र पठाउन निर्देशन दिइएको जानकारी दिए। उनका अनुसार बजेटको आय–व्ययसहितको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ।  

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगर सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार प्रायः सबै स्थानीय तहले मंगलबार बजेट प्रस्तुत गरेका थिए।

मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्। 

प्रकाशित मिति: १८:२७ बजे, बुधबार, असार ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्