Kathmandu Press

लोकसेवाको विज्ञापन विवाद लम्बियो, सुनुवाइ आइतबारका लागि सर्‍यो

काठमाडौं, असार ११ : लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवाद लम्बिएको छ। 

सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी बनाइएको प्....

लोकसेवाको विज्ञापन विवाद लम्बियो, सुनुवाइ आइतबारका लागि सर्‍यो

काठमाडौं, असार ११ : लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवाद लम्बिएको छ। 

सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी बनाइएको प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नपुगेकाले मुद्दाको सुनुवाइ आइतबारसम्मका लागि स्थगित गरिएको हो। मुद्दाको सुनुवाइका लागि बुधबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलास तोकिएको थियो।

आयोगविरुद्ध  दायर गरिएको स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि असार ८ गतेदेखि सुनुवाइ शुरु भएको थियो। न्यायाधीशद्वय कार्की र डा खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले ‘हेर्दाहेर्दै’को  सूचीमा राखेको थियो। 

यसअघि न्यायाधीशद्वयको सोही इजलासले असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो। आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका ९  हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।

प्रकाशित मिति: १८:१२ बजे, बुधबार, असार ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्