एक महिना जिल्ला बसेर फर्केका नेताहरूका कुरा सुन्दै देउवा
काठमाडौं, असार ११ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियानबारे समिक्षा सुरु गरेको छ। कांग्रेसले पहिलो चरणमा ७७ वट....

काठमाडौं, असार ११ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियानबारे समिक्षा सुरु गरेको छ। कांग्रेसले पहिलो चरणमा ७७ वटै जिल्लामा गरेको जागरण अभियानबारे जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुसँग छलफल तथा अन्तर्क्रिया थालेको हो।
जागरण अभियानको प्रभावकारिता र आगामी रणनीति बनाउन कांग्रेसले जिल्लामा खटिएर फर्किएका केन्द्रीय प्रतिनिधिहरुसँग बुधबार पार्टी कार्यालय सानेपामा छलफलको सुरुवात गर्दै सभापति शेरबहादुर देउवाले राष्ट्रिय जागरण अभियानका क्रममा आएका सुझावहरुलाई पार्टीले आत्मसात गर्ने बताए।
अहिलेको परिस्थितिमा पार्टीलाई शुद्धिकरण र गतिशिल बनाउन जिल्ला तहमा देखिएका समस्यालाई क्रमश सम्बोधन गर्दै अघि बढ्ने देउवाले बताए। देउवाले पार्टीले सञ्चालन गर्ने दोस्रो र तेस्रो चरणको कार्यक्रमलाई यो छलफलले थप परिस्कृत, प्रभावकारी र परिणाममूखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
केन्द्रीय प्रतिनिधिहरुसँगको छलफल दुई दिनसम्म चल्नेछ। कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिना ‘हिमाल, पहाड, तराई मधेस’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो। अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी भदौ २४ सुरु भएर असोज ७ गतेसम्म चल्नेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि सुरु भई १६ गते मेलमिलाप दिवसका दिन समापन हुनेछ।











