Kathmandu Press

मन्त्रिमण्डल हेरफेरको तत्काल सम्भावना छैन: मन्त्री महासेठ 

काठमाडौं,  असार ११ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने सम्भावना नरहेको स्पष्ट पारेका छन्....

मन्त्रिमण्डल हेरफेरको तत्काल सम्भावना छैन: मन्त्री महासेठ 

काठमाडौं,  असार ११ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने सम्भावना नरहेको स्पष्ट पारेका छन्।

उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको बताए। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने,‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो। यसमा कुनै सत्यता छैन। यो त सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह हो।’

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ। 

उनले भने,‘मन्त्रिमण्डल पुनगर्ठन भएपनि अध्यक्षद्वयको सल्लाहमै हुन्छ। यो पार्टीले गर्ने निर्णय हो। तर, तत्काल मैले यो सम्भावना देखेको छैन। मन्त्रिमण्डल पुनर्गठनबारे दिनहुँ नयाँ समाचार आइरहेका छन्। यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन। अध्यक्ष प्रचण्डले बजारको हल्लाजसरी बोल्नुभएको छैन।’

मन्त्री महासेठले सरकारले एक वर्षमा इतिहासमै कसैले गर्न नसकेको काम गरेर ‘रेकडर्’ नै कायम गरेको पनि दाबी गरे। उनले भने,‘सडक, रेल, पुल–पुलेसा हामीले धेरै बनाएका छौं। नयाँ–नयाँ सडक बनाउनेदेखि ट्रयाक खोल्नेसम्मका धेरै काम गरेका छौं। यसमा पनि हामीले रेकर्ड नै कायम गरेको छ।’ 

सरकारको पहिलो वर्षको दुई तिहाई समय ऐन, नियम बनाउनमा बेथित भएको बताउँदै महासेठले अब जनतामा प्रत्यक्ष प्रभावका पार्ने गरी द्रूत गतिमा काम अघि बढ्ने बताए।
 

प्रकाशित मिति: १७:१७ बजे, बुधबार, असार ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्