Kathmandu Press

पर्यटन काज तथा बिमा सुविधा शिक्षक-प्राध्यापकलाई पनि दिन कांंग्रेसको आग्रह

काठमाडौं, जेठ ३१ : सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ल्याएको बजेटमा निजामती कर्मचारीका लागि पर्यटन काज बिदाको सुविधा दिने भएको...
पर्यटन काज तथा बिमा सुविधा शिक्षक-प्राध्यापकलाई पनि दिन कांंग्रेसको आग्रह

काठमाडौं, जेठ ३१ : सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा निजामती कर्मचारीका लागि पर्यटन काज बिदाको सुविधा दिने भए पनि त्यही सुविधा शिक्षक र प्राध्यापकलाई दिने भनी कहीँकतै उल्लेख गरेको छैन।

नेपाली कांग्रेसले निजामती कर्मचारीका लागि ल्याइएको त्यही सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ। नेपाली कांग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद रिजालले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै निजामती कर्मचारीका लागि उक्त सुविधा दिइएको भए पनि शिक्षक र प्राध्यापकको विषयमा केही उल्लेख नगरिएकाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

‘अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेकोमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

‘उक्त बजेटले निजामती कर्मचारी  निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने साथै निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रूपैयाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारले बेहोर्ने व्यवस्था गरिएको उल्लेख छ,,’ विज्ञप्तिमा भनिएको छ, ‘यी दुवै सुविधाबाट शिक्षक र प्राध्यापकलाई बञ्चित गरिएकोमा विभाग खेद प्रकट गर्दै नेपाल सरकारलाई यस्तो विभेदको अन्त्य गर्न आग्रह गरिन्छ।’ 

सरकारले शिक्षक तथा प्राध्यापक वर्गको मागलाई आन्दोलनबाट मात्र बाध्य भएर सम्बोधन गर्ने परिपाटीको अन्त्य गर्दै भविष्यमा यस्तो विभेदकारी स्थितिको अन्त्य गर्ने व्यवस्था मिलाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।

हेर्नुहोस् विज्ञप्ति 

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्