मनसुन सक्रिय भएसँगै सुरू भयो धान रोपाइ (फोटोफिचर)
काठमाडौं, असार ११ : मनसुन सुरु भएसँगै किसानहरुलाई धान रोप्ने चटारोले छोएको छ। काठमाडौं उपत्यका आसपासका क्षेत्रमा किसानहरु हिजोआज खेतमा धान रोप्न ....

काठमाडौं, असार ११ : मनसुन सुरु भएसँगै किसानहरुलाई धान रोप्ने चटारोले छोएको छ। काठमाडौं उपत्यका आसपासका क्षेत्रमा किसानहरु हिजोआज खेतमा धान रोप्न व्यस्त देखिन्छन्।
ललितपुरको गोदाबरी नगरपालिकास्थित रचनटारका किसानहरु अहिले धमाधम धान रोप्न व्यस्त छन्। असारको पहिलो साताबाटै धान रोपाइ सुरु हुने भएपनि सरकारले भने असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको छ।

किसानको मनोबल उच्च राख्न र श्रमको सम्मान गर्ने उद्देश्यले सरकारले मुलुकभर धान दिवस मनाउने गर्छ। सरकारी तथ्यांक अनुसार मुलुकको झण्डै १४ लाख हेक्टरभन्दा बढी जमिनमा धानखेती हुँदै आएको छ।









प्रकाशित मिति: १६:४७ बजे, बुधबार, असार ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)