Kathmandu Press

युरोकपमा नेदरल्यान्ड्सको रोमाञ्चक जित

काठमाडाैं, जेठ ३१ : १६औं संस्करणको युरोकपमा नेदरल्यानड्सले रोमाञ्चक जित निकालेको छ। आइतबार राति भएको खेलमा युक्रेनलाई ३–२ले हराउँदै नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेको...
युरोकपमा नेदरल्यान्ड्सको रोमाञ्चक जित

काठमाडाैं, जेठ ३१ : १६औं संस्करणको युरोकपमा नेदरल्यानड्सले रोमाञ्चक जित निकालेको छ। आइतबार राति भएको खेलमा युक्रेनलाई ३–२ले हराउँदै नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेको हो।

नेदरल्यान्ड्सका लागि जर्जिनिओ विज्नाल्डम, वेट वेघोर्स्ट र डेन्जेल डुम्फ्रेसले गोल गरेका थिए भने युक्रेनका एन्ड्री यर्मोलेन्को र रोमन यरेमचुकले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५२औं मिनेटमा विज्नाल्डमको गोलमा नेदरल्यान्ड्सले सुरुआती अग्रता लिएको थियो। ५८औं मिनेटमा वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता अग्रता दोब्बर बनाए।

त्यसपछि युक्रेनका यर्मोलेन्को ७५र यरेमचुकले ७९औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर, डेन्जलले ८५औं मिनेटमा गोल गरेपछि रोमाञ्चक खेलमा नेदरल्यान्ड्स विजयी भयो।

 

प्रकाशित मिति: ०९:५५ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्