Kathmandu Press

कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी सुरुआत

कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी सुरुआत

काठमाडाैं, जेठ ३१ : कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल र कोलम्बियाले विजयी सुरुआत गरेका छन् । आइतबार राति भएको भएको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–०को सहज जित निकाल्यो भने कोलम्बियाले इक्वेडरलाई १–०ले हरायो ।

ब्राजिलको जितमा नेमार, मार्किन्होस,र गाब्रिएल बारकोसाले गोल गरे। ब्राजिलले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।

सुरुवातदेखि नै भेनेजुएलामाथि हावी भएको ब्राजिलले २३औं मिनेटमा मार्किन्होसको गोलमा अग्रता लियो। ६४औं मिनेटमा नेमारले पेनाल्टीमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए। डानिलोलाई भेनेजुएलाका खेलाडीले डिबक्समा लगाएपछि ब्राजिलल पेनाल्टी पाएको थियो । ८९औं मिनेटमा नेमारकै पासम बारबोसाले गोल गरेपछि ब्राजिलले ३–०को जितसहित प्रतियोगितामा सादार सुरुआत गरेको हो।

यस्तै सोमबार बिहान भएको खेलमा कोलम्बियाले इक्वेडरलाई १–०ले हराँउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। कोलम्बियाको जितमा ४२औं मिनेटमा इडविड कार्डोनाले निर्णयक गोल गरेका थिए ।

 

प्रकाशित मिति: ०९:२२ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्