Kathmandu Press

गण्डकी र लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ : आज पूर्वी र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान...
गण्डकी र लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ : आज पूर्वी र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। 

आज देशभर मनसुनी वायुको प्रभाव रहेकोले बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भईरहेको महाशाखाले जनाएको छ।  

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै  स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ। 

प्रकाशित मिति: ०८:२७ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्