Kathmandu Press

युरो कपमा म्यासेडोनियामाथि अस्ट्रियाको सहज जित

काठमाडौं, जेठ ३१ : युरो कप फुटबलमा अस्ट्रियाले सहज जित निकालेको छ। आइतबार राति रोमानियाको बुकारेस्टमा भएको खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको हो।...
युरो कपमा म्यासेडोनियामाथि अस्ट्रियाको सहज जित

काठमाडौं, जेठ ३१ : युरो कप फुटबलमा अस्ट्रियाले सहज जित निकालेको छ। 

आइतबार राति रोमानियाको बुकारेस्टमा भएको खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको हो। यो अस्ट्रियाको युरो कपमा पहिलो जित हो।

यसअघि सन् २००८ र २०१६ मा युरो कप खेले पनि अस्ट्रिया जितबिहीन थियो। यता, म्यासेडोनियाको भने यो युरो कपमा पहिलो खेल हो।

अस्ट्रियालाई पहिलो जित दिलाउने क्रममा स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिचले गोल गरे भने म्यासेडोनियाका गोरान पान्डेभले गोल गरे।

१८औं मिनेटमा स्टेफानले गोल गर्दै अष्ट्रियालाई सुरुआती अग्रता दिलाए। उनले मार्सल साबिट्जरको पासमा गोल गरेका थिए। तर, २८ औं मिनेटमा पान्डेभले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। दोस्रो हाफमा अस्ट्रियाले उत्कृष्ट खेल खेल्यो र २ गोल थप्यो। 

७८औं मिनेटमा ग्रेगोरिट्सले गोल गर्दै अस्ट्रियालाई २–१ को अग्रता दिलाए। ९०औं मिनेटमा आर्नोटोभिचले गोल गर्दै अष्ट्रियालाई ३–१ को जित दिलाए।

प्रकाशित मिति: ०६:४३ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्