Kathmandu Press

एसईई मूल्यांकन नतिजा असार २० भित्र पठाउनुपर्ने

काठमाडौं, जेठ ३० : राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको शिक्षा परीक्षा (एसईई) मूल्यांकन कार्यविधि तयार गरेको छ ।बोर्ड बैठकले एसइई मुल्यांकन कार्यविधि पारित...
एसईई मूल्यांकन नतिजा असार २० भित्र पठाउनुपर्ने

काठमाडौं, जेठ ३० : राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको शिक्षा परीक्षा (एसईई) मूल्यांकन कार्यविधि तयार गरेको छ ।

बोर्ड बैठकले एसइई मुल्यांकन कार्यविधि पारित गरेको र विद्यालयले असार २० गते भित्र विद्यार्थीको मूल्यांकन नजिता सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार विद्यालयले असार २० गते भित्र समन्वय इकाईमा पठाउने र समन्वय इकाले असार मसान्तभित्र बोर्डमा पठाउने निर्णय गरेको हो । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसकेपछि २०७७ को एसईई परीक्षा पनि अघिल्लो वार्षको जस्तै मुल्यांकन विधिबाट हुन लागेको हो ।

नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिइएको छ । जसका लागि बोर्डले मूल्यांकन कार्यविधि, २०७८’ तयार गरेको हो । यस्तै विद्यार्थीको पढाईको विषयमा विषयगत शिक्षकलाई थाहा हुने भएकोले मुल्यांकनको मुख्य अधिकार विषयगत शिक्षकलाई दिइएको छ । 

प्रकाशित मिति: २०:५७ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्