Kathmandu Press

स्टर्लिङको निर्णायक गोलमा इंग्ल्यान्ड विजयी

काठमाडौं, जेठ ३० : इंग्ल्यान्डले युरोकपमा विजयी सुरुआत गरेको छ।आइतबार साँझ लन्डनस्थित वेम्बली रंगशलामा भएको खेलमा दोस्रो हाफमा रहिम स्टर्लिङले गरेको निर्णायक गोल...
स्टर्लिङको निर्णायक गोलमा इंग्ल्यान्ड विजयी

काठमाडौं, जेठ ३० : इंग्ल्यान्डले युरोकपमा विजयी सुरुआत गरेको छ।

आइतबार साँझ लन्डनस्थित वेम्बली रंगशलामा भएको खेलमा दोस्रो हाफमा रहिम स्टर्लिङले गरेको निर्णायक गोल मद्दतमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले हराउँदै विजयी सुरुआत गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

पहिलो हाफमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किनु बाहेक दुवै टिममा पोस्टमा प्रहार गर्न असफल भए । दोस्रो हाफमा क्रोसियाले सुधारिएको प्रदर्शन गरेको थियो। ५७औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए ।

उनले केल्भिन फिलिप्सको पासमा गोल गरेका थिए। त्यसपछि इंग्ल्यान्डले केही गोलका अवसर सिर्जना गरेपनि त्यसलाई पोस्टको दिसा दिन सकेन। खेलमा क्रोएसियाले ५१ प्रतिशत बल पोजेसन बनाउँदै इंग्ल्यान्डको पोस्टमा ८ सट प्रहार गरेको थियो ।

जसमध्ये २ सट फ्रेममा थियो । इंग्ल्यान्डले पनि ८ सट प्रहार गरेको २ सट नै फ्रेममा थियो। जित निकाल्दै इंग्ल्यान्ड समूह डीको शीर्ष स्थानमा छ । यो समूहमा चेक रिपब्लिक र स्कटल्यानड पनि छन्।

प्रकाशित मिति: २०:५० बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्