Kathmandu Press

असार १ गतेदेखि होम डेलिभरी सेवा खुला, वर्कसप पनि खुल्ने 

काठमाडौं, जेठ ३० : असार १ गतेदेखि थपिएको निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा इ-कमर्स कम्पनीहरूले अत्यावश्यक सामग्री ढुवानी सेवा प्रदान गर्न पाउने भएका छन्...
असार १ गतेदेखि होम डेलिभरी सेवा खुला, वर्कसप पनि खुल्ने 

काठमाडौं, जेठ ३० : असार १ गतेदेखि थपिएको निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा इ-कमर्स कम्पनीहरूले अत्यावश्यक सामग्री ढुवानी सेवा प्रदान गर्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा असार १ गतेदेखि ७ गतेसम्म अत्यावश्यक वस्तुहरूको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र संचालन गर्न पाइने बताएको हो ।

यद्यपी, यो सेवा साँझ ७ बजेटसम्म मात्र सञ्चालन गर्न पाइने छ । यस्तै प्रशासनले बेलुका ९ बजेसम्म सवारी साधन मर्मतका लागि वर्कसप सञ्चालन गर्न पाइने पनि जनाएको छ । 

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्