Kathmandu Press

शम्भु राई र प्रकाश सपुतबीचको विवाद मिल्यो, ४ बुँदे सहमति

काठमाडौं, असार ११ : गायक शम्भु राई र गायक प्रकाश सपुतबीचको विवाद अन्ततः सहमतिमै टुंगिएको छ। 

प्रतिलिपी अधिकारको कार्यालयमा बुधबार ....

शम्भु राई र प्रकाश सपुतबीचको विवाद मिल्यो, ४ बुँदे सहमति

काठमाडौं, असार ११ : गायक शम्भु राई र गायक प्रकाश सपुतबीचको विवाद अन्ततः सहमतिमै टुंगिएको छ। 

प्रतिलिपी अधिकारको कार्यालयमा बुधबार भएको राई र सपुतबीचको छलफलबाट विवादको अन्त्य भएको हो। ‘गलबन्दी’ बोलको गीतमा राईले आफ्नो ‘देउसी भैली’ को लय चोरेको आरोप लगाएपछि विवाद चर्किएको थियो।

विवाद बढ्दै गएपछि गायक राईले आफ्नो गीतको लय चोरेको भन्दै प्रकाशविरुद्ध प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा उजुरी दिएका थिए। सहमति अनुसार ‘गलबन्दी’ बोलको गीतमा शम्भु राईको नाम संगीतकारका रुपमा राखिनेछ भने प्रकाश सपुतको नाम ‘पुनः संगीत’मा रहनेछ। 

‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहने र यसमा शम्भु राईले कुनै पनि दाबी नगर्ने सहमतिमा उल्लेख छ।

सहमतिसँगै राईले प्रकाशविरुद्धको उजुरी फिर्ता लिने छन्। 

हेर्नुस् सहमतिको पूर्णपाठ


 

प्रकाशित मिति: १५:५९ बजे, बुधबार, असार ११, २०७६