Kathmandu Press

थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ को मृत्यु 

काठमाडौं उपत्यकामा मात्रै ६५३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना रहेका छन्।
थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ को मृत्यु 

काठमाडौं, जेठ ३० : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ। 

देशभर पीसीआर परीक्षणबाट १ हजार ६९४ र एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ९९४ रहेको छ।

त्यसैगरी काठमाडौं उपत्यकामा मात्रै ६५३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना रहेका छन्।

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्