Kathmandu Press

प्रदेश २ मा नीति तथा कार्यक्रम पारित गर्न जसपाको ह्विप

जनकपुरधाम, जेठ ३० : प्रदेश २ का प्रदेशसभामा जेठ २७ गते पेस भएको नीति तथा कार्यक्रम आज पारित गर्ने कार्यसूची छ।उक्त नीति तथा...
प्रदेश २ मा नीति तथा कार्यक्रम पारित गर्न जसपाको ह्विप

जनकपुरधाम, जेठ ३० : प्रदेश २ का प्रदेशसभामा जेठ २७ गते पेस भएको नीति तथा कार्यक्रम आज पारित गर्ने कार्यसूची छ।

उक्त नीति तथा कार्यक्रममाथिको शनिबार छलफल थालिएको थियो र आज थप छलफल भएपछि त्यसलाई पारित गरिने बताइएको छ।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारितका लागि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले ह्विप नै लगाएको छ। जसपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले सचेतकलाई ह्विप लगाउन निर्देशन दिएका थिए।

जसपाका एक सांसदले सबै सांसदले ह्विप मान्नैपर्ने बताए। संघीय सरकारमा जाने नजाने भन्ने विषयले जसपामा लामो समयदेखि विवाद छ। अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोको नेतृत्वमा पूर्व राजपाका नेताहरूलाई केन्द्रीय सरकारमा पठाएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले पूर्व समाजवादी पार्टीका सांसदहरूको साथ लिएर प्रदेश २ मा कांग्रेस समेतको सहभागितामा सरकार परिवर्तन गरिसकेको छन्।

पूर्वराजपा पक्षले नीति तथा कार्यक्रम पारित गर्न गर्न नदिने आशंका उत्पन्न भएपछि यस किसिमको ह्विप लगाइएको एक सांसदले बताए।

प्रकाशित मिति: १६:०४ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्