Kathmandu Press

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कुन क्षेत्रमा कति?

काठमाडौं, असार ११ : काठमाडौं महानगरपालिकाले काठमाडौंको विभिन्न क्षेत्रमा पार्किङ स्थलमा शुल्क तोकेको छ।

काठमाडौं महानगरपालिको आर्थिक वर्ष २०....

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कुन क्षेत्रमा कति?

काठमाडौं, असार ११ : काठमाडौं महानगरपालिकाले काठमाडौंको विभिन्न क्षेत्रमा पार्किङ स्थलमा शुल्क तोकेको छ।

काठमाडौं महानगरपालिको आर्थिक वर्ष २०७६-७६ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न विभिन्न क्षेत्रमा पार्किङको शूल्क तोकेको हो। महानगरपालिकाले काठमाडौं क्षेत्र नं. १ मा पर्ने न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग, त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरलगायत शहरी क्षेत्रमा प्रतिघण्टा दुईपांग्रेलाई २५ र चार पांग्रेलाई ८० रुपैयाँ तोकेको छ।

त्यस्तै काठमाडौंको मध्यभागका सार्वजानिक बाटोलगायत स्थानहरुमा सवारी  साधन पार्किङ गरे वापत पनि दुइपांग्रेका लागि २५ रुपैयाँ र चारपांग्रेका लागि प्रतिघण्टा ८० रुपैयाँ शूल्य तोकेको छ।

त्यस्तै क्षेत्र नं. २ मा महानगरपालिका क्षेत्रभित्रका सार्वजानिक बाटोलगायतका स्थानहरूमा सवारी साधान पार्किङ गरे बापत प्रतिघण्टा दुईपांग्रेको १५ र चारपांग्रेको ४० रुपैया तोकेको छ। त्यस्तै चारपांग्रेभन्दा बढीको लागि एक सय रुपैयाँ शूल्य तोकिएको महानगरले जनाएको छ।

यसैगरी, निजि क्षेत्रबाट निजि घर जग्गामा काठमाडौं महानगरपालिकबाट अनुमती लिई व्यवसाय दर्ता गरी सशूल्क सवारी पार्किङ व्यवसाय सञ्चालन गर्न सकिने महानगरले जनाएको छ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायीलाई व्यवसाय करमा पाँच वर्षसम्म सतप्रतिशत छुट प्रदान गरिने भएको छ।

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, असार ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्