Kathmandu Press

काठमाडौं महानगरको स्थगित खोप कार्यक्रम भोलि र पर्सि

काठमाडौं, जेठ ३० : काठमाडौं महानगरपालिकाले पहिलो डोज लगाउन छुटेका ६०-६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक र यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका...
काठमाडौं महानगरको स्थगित खोप कार्यक्रम भोलि र पर्सि

काठमाडौं, जेठ ३० : काठमाडौं महानगरपालिकाले पहिलो डोज लगाउन छुटेका ६०-६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक र यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिलाई खोप दिन लागेको छ।

महानगरपालिकाले स्वास्थ्यकर्मी, कोभिड-१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गरेको छ।

त्यसका लागि महानगरले जेठ ३१ (भोलि सोमबार) र असार ३१ गते (पर्सि मंगलबार) दुई दिनका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन गर्दैछ।

महानगरले आज (आइतबार) जारी गरेको विज्ञप्तिमा काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमाखोप लगाइने कार्यक्रम राखिएको उल्लेख छ।

जेठ २५ बाट देशभर भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभिायन सुरु भए  पनि खोप अभावमा काठमाडौं महानगरपालिकाले पाँच दिने कार्यक्रम तीन दिनमा सीमित हुन पुगेको थियो।

हेर्नुहोस् विज्ञप्ति


 

प्रकाशित मिति: १५:०४ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्