Kathmandu Press

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने गण्डकी सरकारको निर्णय

पोखरा, जेठ ३० : गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज...
पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने गण्डकी सरकारको निर्णय

पोखरा, जेठ ३० : गण्डकी प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज (आइतबार) बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो। कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ।

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ। बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए। 

प्रकाशित मिति: १४:४० बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्