मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र : ससरकारलाई समावेशी बनाउनेतर्फ ध्यान दिनुहोस् (पत्रसहित)
काठमाडौं, जेठ ३० : प्रदेश २ का प्रमुख राजेश झाले भर्खरै भएको मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि जनाएका छन्।उनले मन्त्रिपरिषद विस्तार समावेशी हुन नसकेको भन्दै...
काठमाडौं, जेठ ३० : प्रदेश २ का प्रमुख राजेश झाले भर्खरै भएको मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि जनाएका छन्।
उनले मन्त्रिपरिषद विस्तार समावेशी हुन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई पत्राचार नै गरेका छन्।
प्रदेश प्रमुख झाले शुक्रबार (जेठ २८ गते) मुख्यमन्त्री राउतलाई पठाएको पत्रमा प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने उल्लेख छ।
उनले पत्रमा मन्त्रिपरिषद विस्ता। गर्दा प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायत पक्षलाई समानुपातिक, समावेशी उपस्थिति गराउतर्फ विशेष पहल गर्न सुझाएका छन्।
मधेस आन्दोलनका क्रममा सहिद हुनेका परिवारको प्रतिनिधित्व पनि हुन नसकेको उनको पत्रमा उल्लेख छ।
हेनर्सहोस् पत्र




प्रकाशित मिति: १३:३१ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











