Kathmandu Press

मनाङेमाथि गुरुङको टिप्पणी : योभन्दा ठूलो धोका अरु हुँदैन

पोखरा, जेठ ३० : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूलाई धोका दिएको बताएका छन्।एमाले गण्डकी प्रदेश...
मनाङेमाथि गुरुङको टिप्पणी : योभन्दा ठूलो धोका अरु हुँदैन

पोखरा, जेठ ३० : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूलाई धोका दिएको बताएका छन्।

एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पनि रहेका गुरुङले आइतबार आफ्नै निवासमा सञ्चाकर्मीसँग कुराकानी गर्नेक्रममा मनाङेले आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको तर उनीबाट आफैंले धोका खानुपरेको बताएका हुन्।

मनाङेको टिप्पणी गर्ने क्रममा उनले सबै डाँकू वाल्मिकी नहुँदा रहेछन् भन्दै राजनीति र समाजसेवा गर्छु भनेपछि गुरुङलाई आफूले चुनाव जिताएको उल्लेख गरे। गुरुङले आफूलाई योभन्दा ठूलो धोका अरु नहुने बताए।

तर मनाङे रूपान्तरित नभएको बरु आफूलाई धोका दिएको उल्लेख गर्दै उनले भने, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’

निवर्तमान मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुदमन्त्री बनाएका थिए। तर पछिल्लोपटक मनाङे विपक्षीतिर ढल्किँदा वैकल्पिक सरकार बनेको छ।

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्