कोरोनाबाट बाँकेमा थप पाँच जनाको मृत्यु
नेपालगञ्ज, जेठ ३० : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा चार र नेपालगन्ज मेडिकल कलेजमा एक संक्रमितको मृत्यु भएको...
नेपालगञ्ज, जेठ ३० : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ।
भेरी अस्पतालमा चार र नेपालगन्ज मेडिकल कलेजमा एक संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका कोरोना फोकल पर्सन तेज वलीले बताए। भेरी अस्पतालमा बैतडीका ५५ वर्षीय पुरुष, बर्दियाकी ४९ वर्षीया महिला, सल्यानका ४६ वर्षीय पुरुष र दाङकी ३२ वर्षीया महिलाको मृत्यु भएको उनले जानकारी दिए।
त्यस्तै, नेपालगन्ज मेडिकल कलेजमा बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट तीन सय सात जनाको मृत्यु भएको छ।
त्यस्तै, उपचारका लागि बाहिरी जिल्लाबाट आएका तीन सय ३७ जनाले पनि बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन्।
प्रकाशित मिति: ०८:३९ बजे, आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











