Kathmandu Press

लागुऔषध दुर्ब्यसनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री

काठमाडौं, असार ११ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध दुर्ब्यसनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएक....

लागुऔषध दुर्ब्यसनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री

काठमाडौं, असार ११ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध दुर्ब्यसनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन्।

आज ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा गहृमन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री थापाले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुव्यर्सनलाई रोक्नुपर्ने बताए। ‘लागुऔषध दुर्ब्यसनी समृद्ध नेपाल, सुखी नेपालीको बाधक बन्न पुगेको छ,’ गहृमन्त्री थापाले भने।

लागुऔषध दुव्यर्सनी रोकथामका लागि तीनै तहको सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। उनले लागुऔषध दुर्ब्यसनी हुन नदिन र प्रयोगकर्तालाई उपयुक्त उपचारको वातावरण मिलाउन गृह मन्त्रालयले सबै पक्षसँग छलफल गरिरहेको बताए।

लागुऔषध समस्याको समाधानका लागि लागुऔषध नीति, ऐन कार्यान्वयनका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत काम गरिरहेको उनको भनाइ थियो।

यस अवसरमा भृकुटीमण्डप, भद्रकाली, शहीदगेट, एनएसी, रत्नापार्क हुँदै राष्ट्रिय सभागृहसम्म पदयात्रा आयोजना गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भई विश्वभर ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउन थालिएअनुसार नेपालमा पनि जुन २६ मा यो दिवस मनाउँदै आइएको छ।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, असार ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्