Kathmandu Press

आज लुम्बिनी र गण्डकीमा वर्षा, अन्य स्थानमा सामान्य

काठमाडौं, जेठ ३० : आज लुम्बिनी, गण्डकी र प्रदेश २ का केही स्थानमा भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम...
आज लुम्बिनी र गण्डकीमा वर्षा, अन्य स्थानमा सामान्य

काठमाडौं, जेठ ३० : आज लुम्बिनी, गण्डकी र प्रदेश २ का केही स्थानमा भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन प्रदेशका केही स्थानमा भीषण वर्षा हुने तथा धेरै स्थानमा सामान्य वर्षा हुनेछ। अन्य प्रदेशमा पनि चट्याङसँगै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

विभागका अनुसार प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। 

आज दिउसो पनि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

साँझ पनि देशभरको मौसम बदली रहनेछ। देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

प्रकाशित मिति: ०७:२२ बजे, आइतबार, जेठ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्