गण्डकीका मुख्यमन्त्री पोखरेल र ४ जना बिनाबिभागीय मन्त्रीले लिए सपथ
काठमाडौं, जेठ २९ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले...
काठमाडौं, जेठ २९ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।
पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन् । यस्तै नवनियुक्त मुख्यमन्त्री पोखरेलले ४ सदस्यीय मन्त्रीपरिषद् पनि बिस्तार गरेका छन् ।
उनी सँगै कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले बिनाबिभागीय मन्त्रीको सपथ लिएका छन् ।
प्रकाशित मिति: २०:३१ बजे, शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











