निवर्तमान मुख्यमन्त्रीले दिए नवनियुक्त मुख्यमन्त्रीलाई बधाई
काठमाडौं, जेठ २९ : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् ।प्रदेश प्रमुख सिता पौडेलले...
काठमाडौं, जेठ २९ : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् ।
प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले पोखरेललाई फोनमार्फत बधाई दिएका हुन् ।
मुख्यमन्त्रीको रुपमा प्रदेश सभाबाट विश्वासको मत गुमाएका गुरुङले आफ्नो र पार्टीका तर्फबाट भन्दै पोखरेललाई आगामी कार्यकालको शुभकामना पनि दिएका हुन् ।
प्रकाशित मिति: १९:०१ बजे, शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











