Kathmandu Press

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा, जेढ २९ : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम स्वीकृत भएको छ।बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा...
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा, जेढ २९ : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम स्वीकृत भएको छ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि शुक्रबार र शनिबार सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागितामा छलफल भएको थियो।

छलफलमा सहभागी सांसदहरुले नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेस गरेका थिए।

​माओवादी केन्द्रसहित अन्य प्रतिपक्षी दलले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै आलोचना गरेका थिए।

सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रदेशका नागरिकहरुलाई केन्द्रमा राखेर कोरोना नियन्त्रण, उपचार र खोपको सुनिश्चितता हुने गरी आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको बताए।

नीति तथा कार्यक्रमको हरेक बुँदालाई कार्यान्वयनमा लैजाने  प्रतिबद्धता जनाए। सांसदहरुले पेस गरेका नीति तथा कार्यक्रम माथिको संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई स्वीकृतिका लागि संसदमा पेस गरेपछि बहुमतले स्वीकृत पारितल भएको हो। वाग्मती प्रदेशको आगामी बैठक असार १ गते ३ बजेसम्म बस्नेछ।

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्