गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
पोखरा, जेठ २९ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेललेपोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
पोखरेलले मुख्यमन्त्रीका लागि ३१ सांसदको हस्ताक्षर बुझाएका थिए ।
प्रदेश प्रमुख पौडेल दिएको समय सीमा सकिनु केहीबेरअघि निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेका थिए ।
उनले एमाले, जनमोर्चा र जसपाको पत्रसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। त्यसलगत्तै विपक्षी गठबन्धनका ३१ सांसदले प्रदेश प्रमुख निवासमा धर्ना दिएका थिए।
उनको दाबी नपुग्ने भएकाले प्रदेश प्रमुखले अस्वीकृत गरेकी छन्।
प्रकाशित मिति: १७:३४ बजे, शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











