Kathmandu Press

गण्डकीमा विपक्षी गठबन्धनका सांसदद्वारा प्रदेश प्रमुख निवासमा धर्ना

गण्डकीका पदमुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि नयाँ सरकार गठनका लागि दाबी पेश गरेपछि विपक्षी गठन्धनका ३१ सांसदले प्रदेश प्रमुख निवास अगाडि धर्ना थालेका छन् ।
गण्डकीमा विपक्षी गठबन्धनका सांसदद्वारा प्रदेश प्रमुख निवासमा धर्ना

काठमाडौं, जेठ २९ : गण्डकीका पदमुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि नयाँ सरकार गठनका लागि दाबी पेश गरेपछि विपक्षी गठन्धनका ३१ सांसदले प्रदेश प्रमुख निवास अगाडि धर्ना थालेका छन् ।

उनीहरू सबै निवासको गेटमा धर्ना बसेका छन् । नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङको दाबी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको उनीहरूको भनाइ छ ।

नयाँ सरका गठनका सन्दर्भमा भइरहेको चलखेल रोक्न धर्ना दिइएको उनीहरूले बताए ।
 

प्रकाशित मिति: १६:३५ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्