Kathmandu Press

बिएन्डसी सम्बन्धनका लागि प्रधानमन्त्रीले आयोग पदाधिकारीलाई दबाब दिएको भन्दै कांग्रेसद्वारा विरोध

काठमाडौं, जेठ २९ : नेपाली कांग्रसले प्रधानमन्त्री केपी ओलीले झापास्थित प्रस्तावित बिएन्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिन चिकित्साशिक्षा आयोगका पदाधिकारीमाथि दबाब दिएको घटनाप्रति आफ्नो गम्भीर...
बिएन्डसी सम्बन्धनका लागि प्रधानमन्त्रीले आयोग पदाधिकारीलाई दबाब दिएको भन्दै कांग्रेसद्वारा विरोध

काठमाडौं, जेठ २९ : नेपाली कांग्रसले प्रधानमन्त्री केपी ओलीले झापास्थित प्रस्तावित बिएन्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिन चिकित्साशिक्षा आयोगका पदाधिकारीमाथि दबाब दिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेस शिक्षा विभागद्वारा आज (शनिबार) जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बाल्वाटारमा स्वयं अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको बैठक राखी झापास्थित बिएन्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिन आयोगका पदाधिकारीमाथि दबाब दिएकोमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौताविपरित प्रधानमन्त्रीले गरेको सो कार्यको घोर भत्सना गरेको छ। नीति, नियम र कानुन मिचेर प्रधानमन्त्रीले दिएको निर्देशनको उपेक्षा गरी विधिसम्मत कार्य गर्न सम्बन्धित निकायलाई कांग्रेसले आग्रह गरेको छ।

हेर्नुहोस् विज्ञप्ति

      

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्