वनभोज गएको सरकारी गाडी दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
प्यूठान, जेठ २९ : विनभोज जाने क्रममा गाडी दुर्घटना हुँदा प्युठानमा चालकको घटनास्थलमै मृत्यु भएको छ।आ (शनिबार) बिहान भएको दुर्घटनामा मृत्यु हुने चालक...
प्यूठान, जेठ २९ : वनभोज जाने क्रममा गाडी दुर्घटना हुँदा प्युठानमा चालकको घटनास्थलमै मृत्यु भएको छ।
आज (शनिबार) बिहान भएको दुर्घटनामा मृत्यु हुने चालक दाङको तुल्सीपुर उपमहानगरपालिका-४ निवासी प्रकाश आचार्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा पर्ने ध१झ ५ नम्बरको गाडी कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको रहेको जनाइएको छ।
त्यसै कार्यालयका कर्मचारीसहित केही व्यक्ति वनभोजका लागि मल्लरानी जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
अन्य विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १४:३१ बजे, शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











