Kathmandu Press

युरोकप-२०२१ को रौनक र नेपाली समयअनुसार खेल तालिका

काठमाडौंं, जेठ २९ : युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ। मिनी विश्वकपका रूपमा चिनिएको यो प्रतियोगिताले विश्वको ध्यान आफूतिर खिच्ने...
युरोकप-२०२१ को रौनक र नेपाली समयअनुसार खेल तालिका

काठमाडौंं, जेठ २९ : युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ। मिनी विश्वकपका रूपमा चिनिएको यो प्रतियोगिताले विश्वको ध्यान आफूतिर खिच्ने गर्दछ।

कोरोना महामारीले विश्वलाई आतंकित बनाइरहेका बेला यसपालि फरक तरिकाले युरोकप हुने भएको छ। रंगशालामा  सीमित दर्शकलाई मात्र प्रवेश दिइएको छ। गत वर्ष नै सम्पन्न भइसक्नुपर्ने प्रतियोगिता कोरानाकै कारण एक वर्ष पछाडि धकेलिएको थियो।

यसपालिको युरोकपलाई ११ अंक जुरेको छ। अर्थात्, यो वर्षको युरोकप ११ जुनदेखि ११ जुलाईसम्म युरोपका ११ सहरमा आयोजना हुँदैछ। ती सहरहरू लन्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सबर्गमा हुनर।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। युरोकप उदघाटन खेल इटालीको रोममा सम्पन्न भइसकेको छ। सेमिफाइनलदेखिका खेल इङ्ल्यान्डको लन्डनमा हुनेछ। यसपालि युरोकपमा २४ राष्ट्रको सहभागिता छ। 

नेपाल पनि फुटबेल खेललाई माया गर्ने र मन पराउने देश हो। युरोकप फुटबलका पारखीहरू नेपालमा पनि प्रशस्तै छन्। यो प्रतियोगिता भइरहेका बेला साथीभाइ मिलेर आफ्नो मनपर्ने देशलाई समर्थन गर्ने, सोही देशको जर्सी लाउने गर्दछन्। अझ प्रोजेक्टरको सहायताले चोकचोकमा भेला भई फुटबल हेर्ने चलन पछिल्लो केही वर्षयता खुबै चलेको छ।

तर यसपालि कोरोनाको कहरले गर्दा त्यस्तो अवसर पाइने सम्भावना कम छ। घरैमा बसेर सुरक्षित तरिकाले प्रत्यक्ष प्रसारण हेर्नु नै यसपालिको उत्तम विकल्प हो। तर कुनकुन देशको कहिले कुन समयमा प्रतियोगितामा भिड्दैछन् त भनेर सहजताका लागि युरोकप खेलको नेपाली समय यहाँ प्रस्तुत गरिएको छ : 
  

समूह चरण

जेठ २९ शनिबार बिहान (जेठ २८ गते शुक्रबार राति १२ बजेपछिको समय) (जुन १२)

१. समूह  ‘ए’ टर्कीविरुद्ध इटाली (१२ः४५ एएम) (रोम)

जेठ २९ शनिबार (जुन १२)

२. समूह ‘ए’ वेल्सविरुद्ध स्विट्जरल्यान्ड्स (साँझ ६ः४५) (बाकु)
३. समूह ‘बी’ डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९ः४५) (कोपेनहेगन)

जेठ ३० आइतबार बिहान (जेठ २९ गते शनिबार राति १२ बजेपछिको समय) (जुन १३)

४. समूह ‘बी’  बेल्जियमविरुद्ध रसिया (राति १२ः४५) (सेन्ट पिटर्सबर्ग)

जेठ ३० गते आइतबार (जुन १३)

५. समूह ‘डी’ इङ्ल्यान्डविरुद्ध क्रोएसिया (साँझ ६ः४५) (लन्डन)
६. समूह ‘सी’ अस्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे) (बुचारेस्ट)

जेठ ३१ गते सोमबार बिहान (जेठ ३० गते आइतबार राति १२ बजेपछिको समय) (जुन १४)

७. समूह ‘सी’ नेदरल्यान्डसविरुद्ध युक्रेन (राति १२ः४५) (आम्स्टरडम)

जेठ ३१ सोमबार (जुन १४)

८. समूह ‘डी’ स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (साँझ ६ः४५) (ग्लास्गो)
९. समूह ‘ई’ पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९ः४५) (सेन्ट पिटर्सबर्ग)

असार १ गते मंगलबार बिहान (जेठ ३१ गते सोमबार राति १२ बजेपछिको समय) (जुन १५)

१०. समूह ‘ई’ स्पेनविरुद्ध स्विडेन (राति १२ः४५) (सेभिया)

असार १ गते मंगलबार (जुन १५)

११. समूह ‘एफ’ हंगेरीविरुद्ध पोर्चुगल (राति ९ः४५) (बुडापेस्ट)

असार २ गते बुधबार बिहान (असार १ गते मंगलबार राति १२ बजेपछिको समय) (जुन १६)

१२. समूह ‘एफ’ फ्रान्सविरुद्ध जर्मनी (राति १२ः४५) (म्युनिख)

असार २ गते बुधबार (जुन १६)

१३. समूह ‘बी’ फिनल्यान्डविरुद्ध रसिया (साँझ ६ः४५) (सेन्ट पिटर्सवर्ग)
१४. समूह ‘बी’ टर्कीविरुद्ध वेल्स (राति ९ः४५ बजे) (बाकु)

असार २ गते बिहीबार बिहान (असार १ गते बुधबार राति १२ बजेपछिको समय) (जुन १७)

१५. समूह ‘ए’ इटालीविरुद्ध स्विट्जरल्यान्ड (राति १२ः४५) (रोम)

असार २ गते बिहीबार (जुन १७)

१६. समूह ‘सी’ युक्रेनविरुद्ध नर्थ म्यासेडोनिया (साँझ ६ः४५) (बुचारेस्ट)
१७. समूह ‘बी’ डेनमार्कविरुद्ध बेल्जियम (राति ९ः४५) (कोपेनहेगन)

असार ३ गते शुक्रबार बिहान (असार २ गते बिहीबार राति १२ बजेपछिको समय) (जुन १८)

१८. समूह ‘सी’ नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया (राति १२ः४५) (आम्स्टरडम)

असार ३ गते शुक्रबार (जुन १८)

१९. समूह ‘ई’ स्विडेनविरुद्ध स्लोभाकिया (साँझ ६ः४५) (सेन्ट पिटर्सबर्ग)
२०. समूह ‘डी’ क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९ः४५) (ग्लास्गो)

असार ४ गते शनिबार बिहान (असार ३ गते शुक्रबार राति १२ बजेपछिको समय) (जुन १९)

२१. समूह ‘डी’ इङ्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२ः४५) (लन्डन)

असार ४ गते शनिबार (जुन १९)

२२. समूह ‘एफ’ हंगेरीविरुद्ध फ्रान्स (साँझ ६ः४५) (बुडापेस्ट)
२३. समूह ‘एफ’ पोर्चुगलविरुद्ध जर्मनी (राति ९ः४५) (म्युनिख)

असार ५ गते आइतबार बिहान (असार ४ गते शनिबार राति १२ बजेपछिको समय) (जुन २०)

२४. समूह ‘ई’ स्पेनविरुद्ध पोल्यान्ड (राति १२ः४५) (सेभिया)

असार ५ गते आइतबार (जुन २०)

२५. समूह ‘ए’ इटालीविरुद्ध वेल्स (राति ९ः४५) (रोम)
२६. समूह ‘ए’ स्विट्जरल्यान्डविरुद्ध टर्की (राति ९ः४५) (बाकु)

असार ६ सोमबार (जुन २१)

२७. समूह ‘सी’ नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५) (आम्स्टरडम)
२८. समूह ‘सी’ युक्रेनविरुद्ध अस्ट्रिया (राति ९ः४५) (बुचारेस्ट)

असार ६ मंगलबार बिहान (असार ५ गते सोमबार राति १२ बजेपछिको समय) (जुन २२)

२९. समूह ‘बी’ रसियाविरुद्ध डेनमार्क (राति १२ः४५) (कोपेनहेगन)
३०. समूह ‘बी’ फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२ः४५) (सेन्ट पिटर्सबर्ग)

असार ७ बुधबार बिहान (असार ६ गते मंगलबार राति १२ बजेपछिको समय) (जुन २३)

३१. समूह ‘डी’ चेक रिपब्लिकविरुद्ध इङ्ल्यान्ड (राति १२ः४५) (लन्डन)
३२. समूह ‘डी’ क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२ः४५) (ग्लास्गो)

असार ७ बुधबार (जुन १८)

३३. समूह ‘ई’ स्लोभाकियाविरुद्ध स्पेन (राति ९ः४५) (सेभिया)
३४. समूह ‘ई’ स्विडेनविरुद्ध पोल्यान्ड (राति ९ः४५) (सेन्ट पिटर्सबर्ग)

असार ८ गते बिहीबार बिहान (असार ७ गते बुधबार राति १२ बजेपछिको समय) (जुन २४)

३५. समूह ‘एफ’ जर्मनीविरुद्ध हंगेरी (राति १२ः४५) (म्युनिख)
३६. समूह ‘एफ’ पोर्चुगलविरुद्ध फ्रान्स (राति १२ः४५) (बुडापेस्ट)

जुन २४ र २५ मा विश्राम

प्रिक्वार्टरफाइनल

जुन २६ शनिबार 
३७. समूह ‘ए’को उपविजेता र समूह ‘बी’को उपविजेता (राति ९ः४५ बजे) (आम्स्टरडम(
३८. समूह ‘ए’को विजेता र समूह ‘सी’को उपविजेता (राति १२ः४५ बजे) (लन्डन)

जुन २७ आइतबार 
३९. समूह ‘सी’को विजेता र समूह ‘डी’, ‘ई’ र ‘एफ’को तेस्रो हुने टोली (राति ९ः४५ बजे) (बुडापेस्ट)
४०. समूह ‘बी’को विजेता र समूह ‘ए’, ‘डी’, ‘ई’ र ‘एफ’को तेस्रो हुने टोली (राति १२ः४५ बजे) (सेभिया)

जुन २८ सोमबार
४१. समूह ‘डी’को उपविजेता र समूह ‘ई’को उपविजेता (राति ९ः४५ बजे) (कोपेनहेगन)
४२. समूह ‘एफ’को विजेता र समूह ‘ए’, ‘बी’ र ‘सी’को तेस्रो हुने टोली (राति १२ः४५ बजे) (बुचारेस्ट)

जुन २९ मंगलबार 
४३. समूह ‘डी’को विजेता र समूह ‘एफ’को उपविजेता (राति ९ः४५ बजे) (लन्डन)
४४. समूह ‘ई’को विजेता र समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’को तेस्रो हुने टोली (राति १२ः४५ बजे) (ग्लास्गो)

जुन ३० र जुलाई १ मा विश्राम

क्वार्टरफाइनल

जुलाई २ शुक्रबार
४५. खेल नम्बर ४१ को विजेता र खेल नम्बर ४२ को विजेता ९राति ९ः४५ बजे) (सेन्ट पिटर्सवर्ग)
४६. खेल नम्बर ३९ को विजेता र खेल नम्बर ३७ को विजेता (राति १२ः४५ बजे) (म्युनिख)

जुलाई ३ शनिबार 
४७. खेल नम्बर ४३ को विजेता र खेल नम्बर ४४ को विजेता (राति ९ः४५ बजे) (बाकु) 
४८. खेल नम्बर ४० को विजेता र खेल नम्बर ३८ को विजेता ९राति १२ः४५ बजे) (रोम)

४ र ५ जुलाईमा विश्राम

सेमिफाइनल

जुलाई ६ मंगलबार
४९. खेल नम्बर ४६ को विजेता र खेल नम्बर ४५ को विजेता (राति १२ः४५ बजे) (लन्डन)
५०. खेल नम्बर ४८ को विजेता र खेल नम्बर ४७ को विजेता (राति १२ः४५ बजे) (लन्डन)

जुलाई ८, ९ र १० मा विश्राम

फाइनल

जुलाई ११ आइतबार 
खेल नम्बर ४९ र खेल नम्बर ५० को विजेता (राति १२ः४५ बजे) (लन्डन)

प्रकाशित मिति: १३:४६ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्