अछाममा विद्यार्थी चढेको ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु
मंगलसेन, ११ असार : अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ। अन्य चार घाइते भएका छन्।
चौरपाटी गाउँ....

मंगलसेन, ११ असार : अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ। अन्य चार घाइते भएका छन्।
चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ भने चार विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चौरपाटी गाउँपालिका–२ स्थित दशपल्ले माविमा अध्ययनरत रमेश साउद, लक्ष्मी साउद र काली साउदको मृत्यु भएको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले बताए। उनीहरूको घटनास्थलमै मृत्यु भएको जनाएको छ।
दुर्घटनामा चार जना विद्यार्थी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। ट्रयाक्टर चालकले भने सकुसल छन्। उनले ट्रयाक्टरबाट हाम फालेको जनाएको छ।
घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।











