Kathmandu Press

नीति तथा कार्यक्रम पास गर्न बागमति प्रदेशमा एमाले एक ढिक्का

काठमाडौं, जेठ २९ : नीति तथा कार्यक्रम पास गर्न बागमती प्रदेशमा एमालेका दुवै पक्ष एक ठाउँमा उभिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल र माधव...
नीति तथा कार्यक्रम पास गर्न बागमति प्रदेशमा एमाले एक ढिक्का

काठमाडौं, जेठ २९ : नीति तथा कार्यक्रम पास गर्न बागमती प्रदेशमा एमालेका दुवै पक्ष एक ठाउँमा उभिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले नीति तथा कार्यक्रम पास गर्न संयुक्त निर्देशन दिएका छन्।

शनिबार बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा पार्टी एकताको प्रयास स्वरुप मुख्यमन्त्री पौडेल र नेतृ शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका हुन्। नीति तथा कार्यक्रम आजै प्रदेशसभा बैठकम निर्णयार्थ पेश हुँदैछ।

सर्वोच्चको फैसलाले एमाले एकताका लागि कोशेढुंगा बन्न सक्ने भन्दै एकताको माहौल बनोस् बनाउन नीति तथा कार्यक्रम पास गर्न संयुक्त निर्देशक दिएको शाक्यले बताइन् । उनले एमाले एकताका लागि उदाहरणीय काम बागमतिबाटै सुरू होस्  भनेर सन्देश दिन चाहेको पनि बताइन्।

‘मुख्यमन्त्रीले हामीलाई सोधेको स्पष्टिकरण लिखित रूपमै फिर्ता लिइसक्नु भएको छ। त्यसबाट पार्टी एक हुने विषयमा एक खुड्किलो अगाडि बढेको छ,’ नेतृ शाक्यले भनिन् ।

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्