सांसद वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति
काठमाडौं, जेठ २९ : वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।आज (शनिबार) प्रदेशसभाको बैठक...
काठमाडौं, जेठ २९ : वाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।
आज (शनिबार) प्रदेशसभाको बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर उनले आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका हुन्।
उनले प्रधानमन्त्री ओलीसँग आफ्नो कुनै रिसइवी नभएको पनि बताएका छन्। आफू हत्याहिंसामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा त्यस्तो हुन गएको बताएका छन्।
उनले त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरे। सभामुखले पनि सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिए।
वैद्यले हिजो (शुक्रबार) को बैठकमा प्रधानमन्त्री ओली सबै कुरा बिगार्न उद्यत रहेकाले आफू गान्धीको हत्यारा नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए।
प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै बैद्यलाई आत्मआलोचना गर्न कांग्रेसले निर्देशन दिएको थियो।
उनले छुट्टै विज्ञप्ति पनि निकालेर पनि अभिव्यक्ति फिर्ता लिएको बताएका छन्।
हेर्नुहोस् विज्ञप्ति












