दाङमा चट्याङ लागेर एकै परिवारका तीन बालकको मृत्यु
लमही, असार १० : दाङमा चट्याङ लागेर एकै घरका तीन बालकको मृत्यु भएको छ। अर्का एक जना बालक घाइते भएका छन्।
मंगलबार साँझ करीब साढे ६ बजेतिर....
लमही, असार १० : दाङमा चट्याङ लागेर एकै घरका तीन बालकको मृत्यु भएको छ। अर्का एक जना बालक घाइते भएका छन्।
मंगलबार साँझ करीब साढे ६ बजेतिर परेको चट्याङले राप्ती गाउँपालिका–३ मौरीघाटका ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए।
उनका अनुसार राप्ती–४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो।
सोही रुखमा चढेका विनासका भाई आठ वर्षीय अविनास चौाधरी भने गम्भीर घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०:२५ बजे, मंगलबार, असार १०, २०७६
थप समाचार






