वैद्यको अभिव्यक्ति भर्त्सनायोग्य : एमाले
काठमाडौं, जेठ २९ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले कांग्रेस प्रदेशसभा (वाग्मती) सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिएको भदै निन्दा र भर्त्सना...
काठमाडौं, जेठ २९ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले कांग्रेस प्रदेशसभा (वाग्मती) सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीको हत्या गर्ने धम्की दिएको भदै निन्दा र भर्त्सना गरेको छ।
शुक्रबार वागमती प्रदेशसभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओली सबैकुरा बिगार्न उद्यत रहेकाले आफू गान्धीको हत्यारा नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए।
‘वाग्मती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले)ले अत्यन्त गम्भीर रुपमा लिएको छ,’ एमालले विज्ञप्तिमा भनेको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्छ ।’











