Kathmandu Press

आज कांग्रेस पदाधिकारीको बैठक बस्दै 

काठमाडौं, जेठ २९ : आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो २ बजेको पदाधिकारी बैठक बस्न लागेको...
आज कांग्रेस पदाधिकारीको बैठक बस्दै 

काठमाडौं, जेठ २९ : आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो २ बजेको पदाधिकारी बैठक बस्न लागेको हो। आसन्न १४औं महाधिवेशनका विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। 

कोरोना भाइरसको महामारीका कारण महाधिवेशन तालिका प्रभावित भएको छ। त्यसैले महाविधेशनबारे छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ। 

महाधिवेशन कार्यतालिका अनुसार अहिले वडा तहको अधिवेशन सुरु हुनुपर्ने हो। तर, महामारीले गर्दा क्रियाशील सदस्यताको समेत टुंगो लाग्न सकेको छैन। 

कांग्रेसका केही जिल्लाको क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी छ। अहिलेसम्म तयार भएको तथ्यांक अनुसार आठ लाख क्रियाशील सदस्यको टुंगो लागि सकेको छ। 

अहिलेसम्म टुंगो लागेका क्रियाशील सदस्यका विषयमा उजुरी आह्वान गरिएको छ। प्राप्त उजुरीमा छलफलपछि अन्तिम नाम सार्वजनिक गरिनेछ। 

कांग्रेस महाधिवेशन भदौमा तोकिएको छ। कांग्रेस सभापति देउवाले केही दिनअघि प्रेस विज्ञप्ति जारी गरी तोकिएको समयमै महाधिवेशन गर्न आफू तयार रहेको बताएका थिए। 

प्रकाशित मिति: ०६:५० बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्