अस्ट्रेलियासँग ३-० ले हार्यो नेपाल, एसिया कप छनाेटकाे तेस्राे चरण पुग्न प्लेअफ खेल्ने
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा पहिलाे हाफमै १० खेलाडीमा सीमित भएकाे नेपाल अस्ट्रेलियाविरुद्ध ३-० ले पराजित भएको हो।
काठमाडाैं, जेठ २८ : विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले बलियो अस्ट्रेलियासँग नेपाल पराजित भएको छ। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल अस्ट्रेलियाविरुद्ध ३–०ले पराजित भएको हो।
पहिलो लेगमा अस्ट्रेलियासँग ५–०ले पराजित भएको नेपाल दोस्रो लेगमा तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेको थियो। तर, दाेस्राे लेगमा नेपालले अस्ट्रेलियाविरुद्ध तारिफ याेग्य प्रदर्शन गरेकाे थियाे। पहिलो हाफकै अन्त्यतिर १० खेलाडीमा सीमित बनेर पनि नेपालले दोस्रो हाफमा सम्हालिएर खेलेको थियो। त्यसमा कप्तान किरण चेम्जोङको महत्वपूर्ण भूमितका रह्यो । उनले अस्ट्रेलियाका केही उत्कृष्ट प्रहार बचाएका थिए।
नेपालविरुद्ध अस्ट्रेलियाल पलिहो हाफमा २ र दोस्रो हाफमा १ गोल खाएको थियो। उसका लागि म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले गोल गरे।
खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए। यस्तै, ३८औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको अन्त्यतिर नेपाल १० खेलाडीमा समेटिएको छ। ४५औं मिनेटमा रोहित चन्दले रेडकार्ड पाए । उनले बल लिएर अगाडि बढिरहेका अस्ट्रेलियन खेलाडीलाई डिबक्स नजिकै पछाडिबाट तानेर लडाएपछि रातो कार्ड पाए ।
पहिलो हाफमा २–०ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अष्ट्रेलियालाई ३–०को अग्रता दिलाए । खेलअवधि भर नेपाललाई दबाबमा राखेपनि अस्ट्रेलियाले थप गोल गर्न सकेन।
डिफेन्डर कमल थापा, मिडफिल्डर सुरज जिउ ठकुरी र विंगर आयुष घलानले अस्ट्रेलियाविरुद्ध दोस्रो हाफको इन्जुरी समयमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यूको अवसर पाए।
खेलमा अस्ट्रेलियाले नेपालको पोस्टमा ३६ सट प्रहार गरेको थियो, जसमध्ये १६ सट फ्रेममा थियो । यता, नेपालले भने ३ सट प्रहार गरेकोमा कुनै सट फ्रेममा थिएन।
यो हारसँगै नेपाल ६ अंकसहित समूह बीको चौथो स्थानमा रह्यो। अब नेपालले एसिया कप छनोटेको तेस्रो चरणमा स्थान बनाउन प्लेअफ खेल्नु पर्ने भएको छ। यता, अस्ट्रेलिया भने लगातार सातौं जितसहित शीर्ष स्थानमा छ, र उ विश्वकप छनोटका तेस्रो चरणमा पुगेको छ भने एसिया कपमा पनि स्थान पक्का गरेको छ।











