Kathmandu Press

देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल वढ्यो : डा. भट्टराई

काठमाडौं, जेठ २८ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान मन नपराउने देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको बताएका छन् ।आज सभामुख अग्नि...
देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल वढ्यो : डा. भट्टराई

काठमाडौं, जेठ २८ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान मन नपराउने देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको बताएका छन् ।

आज सभामुख अग्नि सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकपछि राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्षसमेत रहेका भट्टराईले देशको संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको भन्दै आरोप लगाएका हुन् ।

उनले सर्वोच्चले संसद पुनः स्थापना गरिदियो भने सबै भन्दा उपयुक्त निकास हुने बताए । भट्टराईले भने, ‘यदि प्रतिगामी शक्तिले षड्यन्त्र गरेर संसद पुनःस्थापना भएन भने जनता सर्तक हुनुपर्छ ।’

चुनाव घोषणा गरेको सरकारले पटक–पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने, अध्यादेश जारी गर्नेजस्ता असंवैधानिक काम गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्