गण्डकीका बहुमत सांसदले बुझाए वैकल्पिक सरकारको दाबी
गण्डकी प्रदेशसभाका बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई नयाँ सरकारका लागि दाबी पत्र पेश गरेका छन्।
काठमाडौं, जेठ २८ : गण्डकी प्रदेशसभाका बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई नयाँ सरकारका लागि दाबी पत्र पेश गरेका छन्।
कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका दुई, जनमोर्चाका दुई र स्वतन्त्र एकसहित ३१ सांसदको हस्ताक्षरसहित उनीहरू नयाँ सरकारको दाबी गरेका हुन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई विपक्षी गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।
प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











