देशभर थपिए ३७५० कोरोना संक्रमित, ५२२५ संक्रमणमुक्त
देशभर कुल १५ हजार १८२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, जेठ २८ : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ।
यस्तै, देशभर कुल १५ हजार १८२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार २२५ रहेको छ।
प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











