Kathmandu Press

सभापति देउवाले डाके पदाधिकारी बैठक, १४औं महाधिवेशनबारे छलफल हुने

सभापति देउवाले डाके पदाधिकारी बैठक, १४औं महाधिवेशनबारे छलफल हुने

काठमाडौं, जेठ २८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि (शनिबार) का लागि पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक डाकेका छन्।

उनले बुढानीलकण्ठस्थित आफ्नै निवासमा दिउँसो २ बजे पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफल गर्न बैठक डाकेका हुन्।

कांग्रेसलाई आगामी भदौमा महाधिवेशन गर्नुपर्ने बाध्यता छ। उक्त महाधिवेशन सार्ने र टार्ने सुविधा कांग्रेसलाई छैन। महाधिवेशन तयारी गर्ने समय दुई महिना मात्र बाँकी छ। त्यसमाथि कोरोना महामारीले भयावह स्थिति सिर्जना गरेको छ।

पछिल्लो राष्ट्रिय राजनीति घटनाक्रमबाट उत्पन्न प्रतिकूलता पनि उस्तै छ। यस्ता सबै समस्याका बीचमा महाधिवेशन गर्नु कांग्रेसका लागि चुनौतीपूर्ण छ।

बुधबार मात्र सभापति देउवाले भदौमा महाधिवेशन भएरै छाड्ने र त्यसका लागि आफू प्रतिबद्ध रहेको बताइसेका छन्। यस अर्थमा महाधिवेशन कसरी गर्ने भनी विकल्पको खोजी बैठकमा गरिने सभापति देउवानिकट स्रोतले जनाएको छ। 

कांग्रेसले भदौ ७ देखि १० गतेसम्म १४ औं महाधिवेशनको मिति तोकेको छ। असार ५ गतेबाट वडा तहको अधिवेशन गर्ने कार्यतालिका भए पनि क्रियाशील सदस्यताकै विषय नै किनारा लागिसकेको छैन। आन्तरिक विवादले कांग्रेसको कार्यतालिका प्रभावित हुँदै आएको छ।

नियमित प्रक्रियाअनुसार कांग्रेसले लगभग डेढ वर्षअघि नै १४औँ महाधिवेशन सम्पन्न गरिसक्नुपथ्र्यो। तर कोरोना महामारीका कारण उत्पन्न विशेष परिस्थिति भनेर एक वर्ष कार्यकाल थप गरिएको थियो। फेरि त्यो सुविधा कांग्रेसले पाउनृवाला देखिन्न। कांग्रेसको १३औँ महाधिवेशन २०७२ फागुन १९ मा सम्पन्न भएको थियो।

संविधानको धारा २६९ (४ ‘ख’) अनुसार पाँच वर्षभित्र कुनै पनि दलले आफ्नो अधिवेशन गर्नुपर्छ। सा त्यतिबेलासम्म महाधिवेशन गर्न नसके ६ महिना म्याद थप्न सक्ने प्रावधान छ। जसअनुसार नै कांग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको हो।

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्