Kathmandu Press

नागरिकता अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत : ठाकुर

काठमाडौं, जेठ २८ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नागरिकता अध्यादेश रोकिएकोप्रति असन्तुष्टि जनाएका छन्।नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवको...
नागरिकता अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत : ठाकुर

काठमाडौं, जेठ २८ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नागरिकता अध्यादेश रोकिएकोप्रति असन्तुष्टि जनाएका छन्।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवको सम्मानमा आज (शुक्रबार) आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको टिप्पणी गरे।

उक्त अध्यादेशलाई रोक्दा नागरिकतासम्बन्धी समस्या भयावह बनेर जाने उनको भनाइ थियो।

सरकारले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्ने क्रममा  सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्नू भनेर अन्तरिम आदेश दिएको थियो। 

अध्यक्ष ठाकुरले तीन वर्षदेखि नागरिकतासम्बन्धी विधेयक संसदमा अड्किएको पनि स्मरण गरे।

नागरिकताको अभावमा धेरैले रोजगार, शिक्षा, व्यापार व्यवसाय र विदेश यात्रामा समस्या झेल्नुपरेको मात्र नभई राज्यले प्रदान गर्ने अनेकौं सेवासुविधाबाट वञ्चित हुनुपरेको स्पष्ट पारे। 

प्रकाशित मिति: १५:४४ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्