Kathmandu Press

गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकारका लागि आह्वान, दाबी प्रस्तुत गर्ने तयारीमा विपक्षी गठबन्धन

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि बहुमतको आधार प्रस्तुत गर्न सांसदहरूलाई आह्वान गरेकी छन् ।
गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकारका लागि आह्वान, दाबी प्रस्तुत गर्ने तयारीमा विपक्षी गठबन्धन

काठमाडौं, जेठ २८ : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि बहुमतको आधार प्रस्तुत गर्न सांसदहरूलाई आह्वान गरेकी छन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनले सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो ।

प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको आधार प्रस्तुत गर्न भोलिसम्मको समय दिएकी छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत प्राप्त गर्न ३१ सांसद आवश्यक हुन्छन् । कांग्रेसका कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), जसपाका दुई, जनमोर्चाका दुई र स्वतन्त्र एक गरी विपक्षी गठबन्धनसँग ३१ सांसद छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै सरकार गठनका लागि जाने तयारीमा विपक्षी गठबन्धन छ ।


 

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्