Kathmandu Press

सभामुखले परामर्शमा बोलाउँदा गएनन् ओली

काठमाडौं, जेठ २८ : संघीय संसद भवन नयाँ वानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलिय बैठक सुरु भएको छ। बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा...
सभामुखले परामर्शमा बोलाउँदा गएनन् ओली

काठमाडौं, जेठ २८ : संघीय संसद भवन नयाँ वानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलिय बैठक सुरु भएको छ। बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सुरू भएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी छन् ।

नेता खनाल भने अनलाइन माध्यमबाट सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा पठाए पनि उनी सहभागी छैनन् । 

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्