Kathmandu Press

ढुंगागिटी निकासीबारे प्रदेश १ सरकारको धारणा स्पष्ट पार्न कांग्रेसको माग

विराटनगर, जेठ २८ : नेपाली कांग्रेसले संघीय सरकारको ढुंगागिटी निकासी योजनाबारे प्रदेश १ सरकारको धारणा माग गरेको छ।आज (शुक्रबार) प्रदेश १ को प्रदेशसभा...
ढुंगागिटी निकासीबारे प्रदेश १ सरकारको धारणा स्पष्ट पार्न कांग्रेसको माग

विराटनगर, जेठ २८ : नेपाली कांग्रेसले संघीय सरकारको ढुंगागिटी निकासी योजनाबारे प्रदेश १ सरकारको धारणा माग गरेको छ।

आज (शुक्रबार) प्रदेश १ को प्रदेशसभा बैठकमा कांग्रेस सांसद मोहनकुमार खड्काले संघीय सरकारले बजेटमा राखेको ढुंगा गिटी निकासीबारे प्रदेश सरकारको धारणा माग गरेका हुन् ।

उनले प्रदेश सरकारले ढुंगामाटो बचाउने अभियान चलाउनुपर्नेमा जोड दिए। सरकारले नगर्ने भए विपक्षी र नागरिक समाजले ढुंगा माटो जोगाउने अभियान सञ्चालन गर्ने उनको भनाइ थियो।

विगतमा राणा र पञ्चायतले आफ्नो सत्ता टिकाउन तराईको जंगल फँडानी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले पनि सत्ता टिकाउन ढुंगागिटी निकासीको योजना ल्याएको बताए। 

सरकारको यस्तो योजनाले जथाभाबी उत्खनन बढ्न गई पानीको मुहान सुक्ने र माटो बगेर सकिने उनले बताए। ‘माटोको रक्षाका निमित्त प्रदेश सरकारले आफ्नो धारणा क्लियर गर्न जरुरी छ,’ उनले भने।

प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्