Kathmandu Press

जनमोर्चा सांसद् थापा फेरि कारबाहीमा, पदमुक्त भए

काठमाडौं, जेठ २८ : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले फेरि कारबाही गरेको छ। बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिँदा पार्टीको हृवीप उल्लंघन गरेको...
जनमोर्चा सांसद् थापा फेरि कारबाहीमा, पदमुक्त भए

काठमाडौं, जेठ २८ : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले फेरि कारबाही गरेको छ। बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिँदा पार्टीको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई कारबाही गर्दै पुनः पदमुक्त गरेको हो।

पार्टीको ह्वीप उल्लेखन गर्दै थापाले बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न पार्टी ह्विप गारी गरेपनि थापा तटस्थ बसेकाले उनलाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले बताएकी छिन् । 

थापालाई गरिएको कारबाहीको जानकारी प्रदेशसभालाई गराइसके सचेतक थापाले जानकारी दिइन् । शुक्रबार नै बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ।

जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो । सो विरुद्ध सर्वोच्चमा रिट हालेका थापालाई २३ जेठगते पुनर्वहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्