Kathmandu Press

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं, जेठ २८ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। यसअघिको निषेधाज्ञा यही जेठ ३१ गते सकिँदैछ। संक्रमणदरमा केही कमि आएको...
उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
Hardik ivf

काठमाडौं, जेठ २८ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। यसअघिको निषेधाज्ञा यही जेठ ३१ गते सकिँदैछ। संक्रमणदरमा केही कमि आएको भएपनि सोचिएजस्तो सुधार भने भएको छैन। 

हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।  ‘उपत्यकाको अहिलेको परिस्थितिलाई हेर्ने हो भने निषेधाज्ञा थप गर्नुपर्ने देखिन्छ । अझै पनि कोरोना संक्रमणदर घट्नुपर्नेजति घटेको छैन । संक्रमणको उच्च जोखिम कायमै रहेको छ,’ प्रजिअ पराजुलीले भने । 

निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए। बिहान ९ बजेसम्म खाद्यान्न पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइनेछ। 

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्