बाँकेमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
नेपालगन्ज, जेठ २८ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको...
नेपालगन्ज, जेठ २८ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा दाङकी ४२ वर्षीया महिला, भेरी अस्पतालमा दाङकै ७७ वर्षीय बृद्ध र बाँकेका ८० वर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
योसँगै बाँकेमा कोरोनाबाट तीन सय ६ जनाको मृत्यु भएको छ। त्यस्तै, उपचारका लागि आएका बिभिन्न जिल्लाका तीन सयय ३० जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: ०८:५३ बजे, शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











